
४ कार्तिक २०७७ पछिल्लो समयमा एनआईसी एशिया बैंकबाट रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या बढेको छ । कतिपयले बैंकसँगको लफडा भोग्न र उजुरी हाल्न भन्दा खाता नै बन्द गर्ने सजिलो बाटो अपनाएका छन् । समाचार स्रोतका अनुसार देशभरीका शाखाबाट गरी करिव १३ हजार ग्राहकले खाता बन्द गरेका छन् । नेपाल राष्ट्र बैंकमा हालसम्म उक्त बैंकका बिरुद्ध करिव ३ सय उजुरी परेका छन् । ग्राहकहरुले आफू ठगीएको महसुस गरेपछि उक्त बैंकबाट खाता बन्द गर्न थालेका हुन् । हरेक दिनजसो एनआईसी एशिया बैंकका बिरुद्ध मुद्धाहरु पर्न थालेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई सुछ्म निगरानीमा राखेको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि पटक पटक कार्बही गरिसकेको छ । पनि बैंकबाट ग्राहकले ठगिएको महसूस गरेमा केन्द्रीय बैंकमा उजुरी गर्न सक्छ । सोही अनुसार नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा पनि केही उजुरीहरु विभिन्न बैंकवित्तका विरुद्ध पर्ने गरेका छन् ।