४ कार्तिक २०७७                                             एजेन्सी- कोरोना भाइरसको महामारी फैलिन नदिन स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।

कर्फ्यू रातिमा मात्रै लागु गरिएको हो । युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ ।

बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ । यस्तै ६ जनाभन्दा बढी व्यक्ति भेला हुन पनि रोक लगाइएको छ ।

स्लोभानियमा मंगलबार बिहानसम्म १३ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म १९० जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर