
३ कार्तिक २०७७, सोमवार
बझाङ्ग जिल्लाको केदारस्यु गाउपालीका वडा न ४का मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
समाजले थालनी गरेको मासिक सहयोग योजना अन्तर्गत समाजका संरक्षक समीर मल्लको पहलमा संकलित रकम ३२ हजार ८ सय २४ रुपैया मिर्गौला पिडित भट्ट लाई सहयोग हस्तान्तरण गरिएको हो ।
चार वर्ष देखि उनको त्रिबि शिक्षण अस्पताल महाराजगन्ज उपचार भैरहेको छ ।
पीडित भट्टको परिवारको आर्थिक अवस्था नाजुक रहेको र हाल उनलाई साथिभाइ परिवारका दाजुभाइ तथा विभिन्न व्यक्तिहरुको सहयोगमा हप्तामा २ चोटि डायलाईसिस गराइ रहेका छन् ।