३ कार्तिक २०७७                                             गुल्मीका शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीका लागि निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले, कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा पुजाआजाका लागि निषेधाज्ञा लागू गरेको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै भनेको छ, ‘वडादशैं लगायतका चाडपर्वमा कोभिड १९ संक्रमणको फैलदोँ जोखिमलाई मध्यनजर गर्दै नगरपालिका र गाउँपालिका तथा सो को वडाहरुमा रहेका सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूआआजा बाहेक दर्शनका लागि जान सर्वसाधारणका लागि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको छ ।’

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर