२७ साउन २०७७
मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन

प्रतिक्रिया

सम्बन्धित खवर