
१ कात्तिक२०७७ गुल्मीकि एक कोरोना संक्रमितकाे बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।