३० असोज २०७७, शुक्रवार

काठमाडौं- अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, शुक्रबार पुष्प अभिनित नयाँ  म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ । भिडियोमा पुष्पको काम तारिफयोग्य देखिन्छ ।

निकै मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारले स्वर दिएका छन् । प्रभा बर्तौलालले लेखेको यस गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् ।

भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार