
२९ असोज २०७७, बिहिवार
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पमा पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।
संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको छ ।