२७ असोज २०७७, मंगलवार

कोरोना भाइरसको संक्रमण मुक्त भएका फुटबलर विशाल श्रेष्ठले सबैलाई सचेत र सुरक्षित रहन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरुले सबै स्वास्थ्य मापदण्ड पूरा गर्दा पनि कोरोना लागेको बताएका हुन् ।

‘मास्क लगाएका थियौं । सामाजिक दुरी पनि कायम गरेका थियौं । बेसार, तुलसी पानी पनि पिएका थियौं,’ राष्ट्रिय टोलीका गोलरक्षक विशालले लेखेका छन्, ‘अफिस र बाहिरको कामका लागि बाहिर ननिस्कनुको विकल्प थिएन । जसको परिणाम मसहित मेरो सपरिवारलाई कोरोना संक्रमण पुष्टि भयो ।’

संक्रमण मुक्त भइसकेका विशालले कोरोनालाई हल्का रुपमा नलिन सुझाव दिएका छन् । उनले कोरोना परिक्षण गर्न पनि नडराउन भनेका छन् ।

‘म सबैमा यहि निवेदन गर्न चहान्छु कि कोरोनालाई हल्का रुपमा नलियौं । आफ्नो समय तालिका बनाऔं ।आइसोलेसनका नियम पालना गरौं,’ उनले लेखेका छन्, ‘कोरोना परिक्षण गर्न नडराउँ, लक्षण देखियो, जचाउँदा कोरोना पुष्टि होला भनेर नजचाउने नगरौं । जिम्मेवार बनौं । आफ्नो र आफ्नो परिवारको लाइफ रिस्कमा नपारौं ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर