२७ असोज २०७७, मंगलवार

जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको हो ।

प्रशासनले सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अर्को सूचना नआए सम्मको लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।

शान्ति सूरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाई सम्बन्धि सेवा, विपद व्यवस्थापन सम्बन्धी सेवाहरु वाहेक अन्य सवै सेवा

बन्द गरिएको बताएको छ ।

। अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर