
२७ असोज २०७७, मंगलवार
काठमाडौं-सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । आजदेखि सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय सरकारले गरेको हो । पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ ।