काठमाडौं,  २०७७ असोज २६ 

    काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट करिब १ सय ५० ग्राम बराबरको ३ थान सुन जस्तो देखिने पहेंलो धातुको बाला सहित रुपन्देही बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने २५ वर्षीय अनिल पाण्डेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित डेढ किलोबाट १ किलो फाइन गोल्ड लेखिएको सुन जस्तो देखिने पहेलो धातु सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रविसे नगरपालिका-२ कर्थली बस्ने २४ वर्षीय उमेश भन्ने भीम बहादुर तामाङ र सोही ठाउँ बस्ने २७ वर्षीय अर्जुन तामाङ रहेका छन् । सुनकोशी गाउँपालिका-७ स्थित डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा धातुको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उक्त धातु देखाई ठगी गर्ने भीम बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा उक्त कारोबारमा संलग्न अर्जुनलाई लिसंखुपाखर गाउँपालिका-६ लामिडाँडामा प्रदेश ३-०२-००१ प ७४२४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर