२५ असोज २०७७, आइतवार

भक्तपुर,

https://amzn.to/4myfPN5

कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय  बन्द गरिएको छ ।

नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधिलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरप्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म दुई जनप्रतिनिधि, दुई अधिकृत, दुई स्वास्थ्यकर्मीसहित यहाँका ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर