मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । मन्त्रालयका अनुसार आइसीयूमा ३२९ र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
२४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।