२५ असोज २०७७, आइतवार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । बैंगलोरले जितका लागि दिएको १७० रनको लक्ष्य पछएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बैंगलोरका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै नारायन गजादेशनले ३३ रन जोडे । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै युजेभिन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ५१ बल खेलेका उनले ४ चौका र ४ छक्काको हसयोगमा नट आउट ९० रनको पारी खेले । त्यस्तै देवदत्त पाडिकलले ३३ रन जोड्दा शिभम् डुबेले २२ रन बनाए ।

बलिङतर्फ चेन्‍नइका लागि सार्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै दीपक चहार र श्याम करनले समान एक-एक विकेट लिए ।

आजको जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोडेको छ । बैंगलोर तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर