२२ असोज २०७७, बिहिवार

रिब्दीकोट गाउपालिका पाल्पाले कृषकहरुको लागि निलो आलुको विउ वितरण गरेको छ । आर्थिक वर्ष ०७७।०७८ मा कृषक लक्षित कार्यक्रम अनुसार गाउपालिका भित्रका २ हजार ५ सय १३ घरहरुमा MS 42 जातको निलो आलुको विउ वितरण गरेको रिब्दीकोट गाउपालिका पाल्पाले जनाएको छ ।
रिब्दीकोट गाउपालिकालाई आलुमा आत्मनिर्भर गराउदै कृषकहरुलाई आयआर्जनमा लगाउने उदेश्यले १९ लाख ५५ हजार बराबरको आलुको विउ वितरण गरिएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । २ सय ९० क्विन्टल आलुको विउ वितरण गरिएको छ, यसले परम्परागत आलुबाट भन्दा राम्रो उत्पादन र आम्दानी दिने छ, अध्यक्ष जिसीको भनाई छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर