२२ असोज २०७७, बिहिवार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले टोलीमा आज एक परिवर्तन गरेको छ । मुम्बई इन्डियन्सबिरुद्ध ४ ओभरमा ६४ रन खर्चेका तीव्र गतिका बलर सिद्धार्थ कौलको स्थानमा खलिल अहमदलाई मौका दिएको छ ।

पन्जाबले आज टोलीमा तीन परिवर्तन गरेको छ । चेन्नई सुपर किंग्सबिरुद्ध ३ ओभरमा ४२ रन खर्चेका तीव्र गतिका बलर क्रिस जोर्डनको स्थानमा स्पिनर मुजिब उर रहमानले मौका पाएका छन् । रहमानको आगमनले पन्जाबको स्पिन बलिङ बलियो बन्ने छ ।

पछिल्लो समय मुजिब राम्रो लयमा छन् । अफ स्पिनर मुजिब र लेग स्पिनर बिश्रोईको जोडी पन्जाबलाई नायक बन्न सक्छन् । स्पिनर हरप्रित बारको स्थानमा बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई मौका दिएको छ । शरफराज खानको स्थानमा प्रभशिम्रन सिंहलाई मौका दिएको छ । क्रिस गेललाई भने बेन्चमा राखेको छ ।

पन्जाबले ग्लेन म्याक्सवेलमाथि थप विश्वास दिदै निरन्तरता दिएको छ । म्याक्सवेलले सुरुवाती ५ खेलमा ४१ रन मात्र बनाएका छन् । पन्जाब ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा छ । हैदराबाद ५ खेलमा ३ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ ।

पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, मनदीप सिंह, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, प्रभशिम्रन सिंह, मुजिब उर हरमान, रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल

हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान) जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र खलिल अहमद ।

प्रतिक्रिया

सम्बन्धित खवर