
२२ असोज २०७७, बिहिवार
बुटवल-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानुनी लाभ लिइ सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ ।
आयोगले साहविरुद्ध कुल २२ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।