२१ असोज २०७७, बुधवार

काठमाडौँ । दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल क्रियाकलाप गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

पिडित शिक्षिकाको मौखिक उजुरीको आधारमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

अश्लिल हर्कत गरेको आरोपमा शिक्षक रानालाई विद्यालयले निष्काशन गरेको छ । विद्यालयले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न भएको आरोप लागेका शिक्षकलाई निष्कासन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर