
२१ असोज २०७७, बुधवार
बुधबार कोरोना भाइरसका थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा १६ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १२ सय ९६ ललितपुरमा २९३ जना र भक्तपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै देशभर कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । बुधबार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । विशेषगरी काठमाडौं उपत्यकाका अस्पतालहरुमा आइसोलेसन बेडको अभाव भएको भन्दै कोरोनाबाट आफु बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
पछिल्लो २४ घण्टामा ११ सय २६ जना मात्र संक्रमित कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ