 
							२७ साउन २०७७
 रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ चिसापानीमा पानी उद्योग सञ्चालनमा आएको छ ।  सिस्ने–७ का युवा उद्यमी खिमबहादुर केसीले करिब एक करोड लगानीमा सिस्ने–७ चिसापानीमा  पिउने पानी उद्योग सञ्चालनमा ल्याउनु भएको हो । ‘सिस्ने हिमाल शुद्ध पिउने पानी कम्पनी’ नामकको  पिउने पानीको उद्योग सञ्चालनमा आएको उद्योगका प्रतिनिधि कर्णबहादुर खत्रीले बताउनुभयो ।  पानी उद्योग सञ्चालनको लागि दुई वर्ष देखि काममा निरन्तर लागेकोमा साउन महिनामा परीक्षण सफल भएको खत्रीले जानकारी दिनुभयो ।
पानी प्रशोधनको लागि मेसिन ८० लाख र अन्य व्यवस्थापन गरी  करिब एक करोड रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा आएको हो ।
उत्पादन भएपश्चात रुकुम, पूर्व, पश्चिम, रोल्पा, बाग्लुङ, सल्यान, दाङ, नेपालगञ्ज, लगायतका जिल्लामा शुद्ध पिउने पानीको सहज आपूर्ति हुने भएको छ । 


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												