२७ साउन २०७७
नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाले स्थानिय तहलाइ अत्यावश्यक स्वास्थ्य स्वास्थ्य र सरसफाइ सामग्री प्रदान गरेको हो ।
बढ्दो कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै रेडक्रसले स्थानियतहलाई चेतनामुलक फ्लेक्स ब्यानर,क्वारेन्टाइनमा फोहोर ब्यवस्थापनकालागि डस्टविन, ट्वाईलेट ब्रसस, हर्पिक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल ग्लोब्स , सर्जिकल माक्स, मेडिकल झुल, मस्क्विटो लिक्विड, क्वारेन्टाइनमा रहेका महिला संख्याका आधारमा महिनावारी स्वच्छता सामाग्रि र अटोमेटीक डस्टबिन लगाएतका सामाग्रि हस्तान्तरण गरेको हो ।
लकडाउन खुलेपछिको अवस्थामा कोभिडको संक्रमण बढ्न सक्ने भन्दै रेडक्रसले सहयोग स्वरूप स्वास्थ्य र सरसफाइ सामग्री वितरण गर्दै आएको र त्यसै गतिविधिलाइ निरन्तरता दिएको जिल्ला सभापति नारायण आचार्यले जानकारी दिए ।
नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङ तथा स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना जिल्ला कार्यक्रम अधिकृत टेकम वली का अनुसार कोभिडको संक्रमण बढीरहेको समयमा अहिले कोभिड आकस्मिक प्रतिकार्यका गतिबिधि स्वीकृत गरि निरन्तर संचालनमा ल्याएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर