२० असाेज २०७७                                         सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा Dr.james sonar र James andy नामबाट friend Request पठाई साथी बनाई लण्डनको नागरिक हो भन्दै विवाह गर्छु भनि बिश्वास दिलाई जन्मदिनको अवसरमा गिफ्ट पठाई दिन्छु भनि सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर