
२० असाेज २०७७, पाल्पा – सिद्धार्थ आर्थिक कोरिडोरमा २० अर्ब लगानी गर्ने सम्झौता भएको छ । लोकल इन्टरभेन्सन ग्रुप बेलायत र सिद्धार्थ आर्थिक कोरिडोरको संयोजन गरिरहेको तानसेन नगरपालिकाका बीचमा सम्झौता भएको हो ।
यो वर्षदेखि नै सिद्धार्थ आर्थिक कोरिडोरसँग जोडिएका गाउँपालिका/नगरपालिका तथा महानगरपालिकामा लगानी हुने बताइएको छ । उक्त ग्रुपले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्ने जनाएको छ । कृषि क्षेत्रमा लागेका उद्यमी तथा सिर्जनशील नवउद्यमीले पाँच लाखसम्म अनुदान पाउने गरी कार्यक्रम लागू हुने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । सिद्धार्थ आर्थिक कोरिडोरभित्र रहेका १५ वटा पालिकाभित्र आफूहरूले कार्यक्रम सनचालन हुनेछ ।