२० असाेज २०७७,                                          पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना  संक्रमीत थपिएका छन । याे सङै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

कुन जिल्लामा कति  संक्रमित थपिए ?

मन्त्रालयका अनुसार  काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६, रुपन्देहीका ९६, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरमा १३, धनुषामा १२, सिराहा र कालीकोटमा १०/१० जनामा संक्रमण देखिएको छ ।

यसैगरि सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर