२० असाेज २०७७,                                                नेपाल तरुण दल रामपुरले आह्वान गरेको बन्दको प्रभाव रामपुर क्षेत्रमा  देखिएको छ । प्रदेश नं. ५ को राजधानी बुटवल कायम गर्न माग गर्दै तरुण दलले मंगलबार रामपुर नगर बन्दको घोषणा गरेको हो ।

बन्दको कारण रामपुरको मुख्य बजार क्षेत्र बाट चल्ने अत्यावश्यक सवारी बाहेक लामो तथा छोटो दुरीका यातायातका साधन, उद्योग तथा व्यवसायहरु थप्प रहेको छ । औषधी पसलहरु खुल्ला रहेको छ । तरकारी, दुध तथा मासु पसल विहानमा केही समय खुलेको थियो । नेपाल तरुण दल रामपुरका सचिव छम बहादुर दरैंले अत्यावश्यक सेवा बाहेकका व्यवसाय, उद्योग, शैक्षिक संस्था तथा सरकारी कार्यालयहरु बन्द रहने बताउनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तरुण दल रामपुरका नगर सभापति शंकर बहादुर खाँण द्धारा हस्ताक्षरित विज्ञप्तीमा लोकतान्त्रिक विधीका प्रयोग नगरी दुई तिहाईको सरकारको दम्भ देखाई प्रतिपक्ष संग सल्लाह नगरी जनभावनाको कदर नगरी ल्याइएको प्रस्तावको कुनै औचित्य नरहेको र सम्पूर्ण पाल्पा रामपुर बासीको लागी उपयुक्त नरहेको ठहर गरेको छ । साथै प्रस्ताव अविलम्ब फिर्ता नभए पाल्पा बासीलाई गण्डकी प्रदेशमा गाभ्न माग गरेको छ ।

बन्दको पूर्व सन्ध्यामा तरुण दल रामपुरले साँझ मसाल जुलुस निकालेर बेझाँडमा टायर समेत बालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर