२० असोज २०७७,    पार्टीले ह्वीप जारी गरेपछि काँग्रेस सांसदहरु अलमलमा परेका छन् । दाङ, बाँके र बर्दियाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पार्टीको ह्वीपले अन्यौल बनाएको बताएका छन् ।

प्रदेश ५ प्रदेश सभामा नेपाली काँग्रेसका १९ जना सांसद छन् । जसमध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलबाट रहेका छन् ।

प्रदेश ५ को प्रदेश सभामा कुल ८७ जना सांसद छन् । यस अवस्थामा सरकारले पेश गरेको प्रस्ताव दुई तिहाईले पारित हुन् कुल ५८ मत चाहिन्छ ।

प्रदेश सभामा सत्तारुढ नेकपाका ६१ सांसद छन् भने नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

सरकारको प्रस्तावलाई सत्तारुढ दल नेकपाका सबै सांसदले समर्थन गरेमा मात्र पनि राजधानी सार्ने प्रस्ताव सजिलै पारित हुन सक्छ । तर, रुपन्देही,पाल्पा लगायतका  १४ सांसद विपक्षमा उभिने संकेत गरिसकेका छन् ।

१४ जनाले विपक्षमा मतदान गरेमा नेकपासँग ४७ मत मात्र रहन्छ । यस अवस्थामा सरकारलाई आफ्नो प्रस्ताव पारित गराउन थप ११ मत आवश्यक पर्दछ ।

नेपाली काँग्रेसका १९ जना सांसदमध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलबाट रहेका छन् । काँग्रेसका ६ जना सांसद थपिँदा प्रस्तावको पक्षमा ५३ मत हुन्छ, जसबाट पनि प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाई मत पुग्दैन ।

त्यस्तै समाजवादी जनता पार्टीको तर्फबाट बाँके र बर्दियाका गरी २ सांसद र राष्ट्रिय जनमोर्चाको प्युठानका एक सांसदले प्रस्तावको पक्षमा मत दिएमा ५६ मत हुन्छ । यसबाट पनि राजधानी सार्ने प्रस्तावको पक्षमा दुइतिहाई पुर्‍याउन २ अझै नपुग्ने देखिन्छ ।

यस अवस्थामा कपिलवस्तुका तर्फबाट काँग्रेसका ५ जना सांसद मध्ये २ जनाले पक्षमा मतदान गरेमा राजधानी सार्ने प्रस्ताव पारित हुने अवस्था भने आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर