२० असोज २०७७, मंगलवार

मोरङ, सुनसरी र चितवनमा गरी मंगलवार थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका  रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको हो  ।

यसैगरी  चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको  मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा सुगर रोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । यद्यपि यो विवरणलाई स्वास्थ्य मन्त्रालयले समावेश गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर