
१९ असाेज २०७७, कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडाका क्यान्सर पिडित दौलत बहादुर थापालाई रु ७० हजार सहयोग गरिएको छ । रिटर्नी माईग्रेट नेपाल कञ्चनपुरका समाजसेवीहरुले जिब्रोको क्यान्सर पिडित थापालाई संकलन गरिएको रु ७० हजार चेक हस्तान्तरण गरेका हुन । उक्त रकम विदेश संयोजक धन वहादुर चन्द र नेपाल संयोजक नारायण चन्दको पहलमा पिडित थापालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । यहाँका अग्रज समाजसेवी हरी चन्द एवंम मान वहादुर चन्दले उक्त चेक रकम हस्तान्तरण गरेका छन ।
रिटर्नी माईग्रेट नेपाल कञ्चनपुरका अध्यक्ष कर्ण वहादुर चन्दले थापा जस्तै समस्यामा परेका पिडितहरुलाई आगामी दिनमा समेत सहयोग गर्ने बताए । कार्यक्रममा हेल्प नेपालका अध्यक्ष मदन चन्द लगायत समाजसेवीहरुको उपस्थीती रहेको थियो । धनवहादुर चन्दको नेतृत्वमा डेनमार्कमा रहेका एनआरएनएहरु, तथा सम्पूर्ण डेनमार्कवासि नेपाली दाजुभाई तथा दिदिवहिनीहरुवाट सहयोग प्राप्त भएको थियो । डेेढ वर्ष देखी क्यान्सरले पिडित थापाले सहयोग रकम बुझ्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । रिटर्नी माईग्रेटका समाजसेवीहरुले यसअघि पनि समाज सेवामा योगदान पुर्याउदै आएका छन ।