१८ असाेज २०७७ कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

‘ज्वरो हटेको छ‚ स्वास्थ्यमा सुधार देखिएको छ’‚ ट्रम्पको उपचारमा संलग्न चिकित्सक सिन कोन्लीले भनिन्‚ ‘तर‚ उनी अझै खतरामुक्त भने भइसकेका छैनन्।’ डाक्टर कोन्लीले जारी गरेको वक्त्व्यमा ‘शनिबार दिनभर उनी बिनाकष्ट नियमित कार्यमा सामेल भएको’ बताइएको छ। ट्रम्प स्यमंले पनि भिडियो वक्तव्य जारी गर्दै आफू ठीक हुँदै गएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर