१८ असोज २०७७, आइतवार

बुटवलबाट राजधानी दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्ताव विरुद्ध नेपाली काँग्रेस रुपन्देहीले  जिल्ला बन्द गरिरहेको छ । उद्योगी व्यवसायीहरुले समेत प्रदेश सरकारका विरुद्ध प्रदर्शन गरेका छन् ।

बिहानैदेखि राष्ट्रिय झण्डा बोकेर सडकमा निस्कका उद्योगी व्यवसायीहरुको विरोध प्रदर्शन बुटवलस्थित राजमार्ग चौराहाबाट सुरु भइृ ट्राफिक चौक पुगेर समापन भएको थियो ।

ट्राफिक चौकमा व्यवसायीहरुले गरेको कोणसभामा बोल्ने वक्ताहरुले साबिक लुम्बिनी क्षेत्रका सभासदहरुलाई राजिनामा दिएर सडकमा आउन आह्वान गरे ।

कोणसभामा उद्योग परिसंघका रुपन्देही अध्यक्ष एजाज आलम, पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेल,

रुपन्देही व्यापार संघका अध्यक्ष यम लोहनी,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बागमती प्रदेशलाई केन्द्रभागमा राजधानी नचाहिने, कर्णालीलाई नचाहिने, सुदुर पश्चिमलाई नचाहिने प्रदेश ५ लाईमात्र किन चाहिने भनेर प्रश्न गरे । उनले राजधानीका लागि भने बुटवलमा उद्योगी व्यवसायिक संस्थाहरुले प्रदेश सरकारलाई दिएको संरचनाहरु १५ दिन भित्र खालि गर्न चेतावनी दिए ।

व्यवसायीहरुको प्रदर्शनकै बीच नेपाली काँग्रेसका कार्यकर्ताहरुले बुटवलका बिभिन्न चोकहरुमा टायर बालेर सडक अवरुद्ध बनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर