१८ असाेेे २०७७ असाेज काठमाडौँ                               ( पत्र पत्रीका, अन्नपूर्ण पोस्ट बाट ) नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो

आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारी सहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक भएको छ ।

साथै अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर