१७ असाेज २०७७,बुटवल ।  प्रदेश ५ को अस्थायी राजधानीलाई दाङ सार्ने प्रदेश सरकारको निर्णयका बिरुद्ध बिपक्षिदल नेपाली काँग्रेस सहित बिभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवलका बिभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

असोज १८ गते बिहान ६ बजे बाट २१ गते बेलुका ६ बजे सम्म लागुहुने गरि निषेधित क्षेत्रमा नारा, जुलुस, बिरोध प्रदर्शन गर्न नपाउनुका साथै ५ जना भन्दा बढी एकिकृत भएर हिंडडुल समेत गर्न नपाउने गरि निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सुचनामा उल्लेख छ ।

प्रशासनले प्रदेश सभाको भवन क्षेत्र अन्तर्गत दक्षिण ईट्टाभत्ती चौक, उत्तर कालिका मन्दिर चौक, पूर्वमा कालिका मन्दिर देखि कालिका मन्दिर र पश्चिममा तिनाउ खोला सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यसैगरि बिभिन्न प्रदेश मन्त्रालय रहेको क्षेत्र अन्तर्गत दक्षिणमा सुन्दर चौक, उत्तरमा भुट्की चौक, पश्चिममा हाटबजार लाईन र पूर्वमा सिद्धार्थ राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत दक्षिणमा जेसिस चौक, उत्तरमा बिद्युत लाईन हाटबजार चौक सम्म, पीशचममा हाटबजार लाईन र पुर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रशासनले तोकेको निषेधित क्षेत्रमा सभा, प्रदर्शन तथा नारा लगाएर स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर