१७ असाेज २०७७, एजेन्सी – इंग्लिस प्रिमियर लिग शनिबार राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई आतिथ्यता गर्दा म्यानचेस्टर सिटी नव प्रवेशी लिड्स युनाइटेडको भ्रमणमा निस्कनेछ ।

यस्तै एभर्टनले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेड र बर्नलीबीको खेल पनि आज राति नै हुदैछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । औसतको प्रदर्शन गरिरहेको चेल्सी प्यालेसलाई पराजित गर्दै लिगमा दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

चेल्सीले तीन खेल खेल्दा समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ । क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले टिमो वेर्नर, काई हाभर्टज, थियायो सिल्भा, ट्याम्मी अब्राहम, मासन माउन्ट, एङ्गोलो कान्टे, माटियो कोभासिस, सेसर अज्पिलेक्वेटा, रिस जेम्स कोर्ट जोउमा र गोलरक्षक इडुआर्ड मेन्डीलाई पहिलो रोजाईमा उतार्न सक्नेछ । यसबाहेक चेल्सीसँग जर्गिन्हो, बेन चिलवेल, फिकायो टोमोरी र मार्काेस अलन्सो र ओलिभर जिरुड रहनेछन् ।

यता, क्रिस्टल प्यालेस पनि घरेलु टोलीलाई स्तब्ध पार्दै अंक तालिका थप सुधार गर्ने प्रयासमा हुनेछ । प्यालेस ३ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा रहँदा चेल्सी ४ अंकसहित नवौं स्थानमा छ । प्यालेससँग वेलफ्रेड जाहा, जोर्डन एयु, जेम्स म्याकखर्थर र जेम्स म्याकर्थी लगायतका खेलाडीहरु हुनेछन् ।

यि दुई टोली हालसम्म १५ पटक भिड्दा चेल्सीले ११ खेलमा सफलता हात पार्दा क्रिस्टल प्यालेस चार खेलमा विजयी भएको छ । चेल्सी प्यालेससँग अक्टोबर २०१७ मा २–१ ले पराजित भएयता पाँच खेलमा अपराजित छ । चेल्सी सोही जितको लयलाई निरन्तरता दिने दाँउ रहँदा प्यालेस चेल्सीसँगको हारको श्रृंखला तोड्ने योजनामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर