१७ असाेेे जकञ्चनपुर : भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटेल एण्ड लजमा जुवा खेल्दै गरेका १२ जनालाई प्रहरीले गएराती पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट ४५ हजार ६०० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

पक्राउ पर्नेमा होटेल सञ्चालक ३८ वर्षीय गोपाल कार्की, भीमदत्त–११ का ५० वर्षीय पदम बोहरा, ६३ वर्षीय पदमसिंह खत्री, ४२ वर्षीय देवराज ओझा, ५६ वर्षीय कमल गुरुङ, ४८ वर्षीय करणसिंह सुनार रहेका छन्। यस्तै, वडा नम्बर १० का नरेन्द्र सुनार, ३८ वर्षीय नन्दराज जोशी, ४९ वर्षीय दिल्लीराज जोशी, २५ वर्षीय दिपकराज जोशी रहेको प्रहरीले जनाएको छ।

https://amzn.to/4myfPN5

यसैगरी, वडा नम्बर ६ का ३८ वर्षीय शंकर पाण्डेय र वडा नम्बर ९ का ४० वर्षीय करनसिंह कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर