
शुक्रबार हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, १ वर्षीया छोरी किस्मती नेपाली र २ वर्षीया छोरा सम्मान नेपाली रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
कवाडी प्रहरी चौकीका असई कर्ण बुढाको नेतृत्वमा ६ जनाको प्रहरी टोली र स्थानीयहरुले उनीहरुको खोजी कार्य गरिरहेका छन्।
घटना शंकास्पद पनि रहेकोले त्यही अनुसार अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।