१६ असाेज २०७७, सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप  मा भएको परिक्षणमा थप १२० जनामा संक्रमण पुष्टि भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९७ जना, बैतडीको प्रयोगशालामा १७ जना र डोटीको प्रयोगशालामा ६ जना गरी १२० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४८२ नमुनाहरुमध्ये ९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले १७ महिला र ८० जना पुरुष गरी ९७ जनामा कोरोना देखिएको जानकारी दिए ।

उनले धनगढी उपमहानगरपालिकाका ३६ जना, घोडाघोडी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना र बर्दगोरीया गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका २ जना, बेलौरी नगरपालिकाका एकजना, पनर्वास नगरपालिकाका एकजना, झलारी गाउँपालिकाका एकजना, दार्चुलाको व्यास गाउँपालिकाका एकजनामा कोरोना देखिएको सुचना अधिकारी श्रेष्ठले बताए । यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७७ नमुनाहरुमध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले अछाम र डोटीका ६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनले डोटीको सायल गाउँपालिकाका दुईजना, आदर्श गाउँपालिकाका दुईजना, अछामको चौरपाटी गाउँपालिकाका र कमलबजार नगरपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको बताए ।

यसैगरी जिल्ला अस्पताल बैतडी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै बैतडीको लेकम गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाका एक(एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर