
१५ असोज २०७७, बिहिवार
गैर आवासीय नेपाली संघ इटलीको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।संघका अध्यक्ष देवराज गुरुङको सभापतित्वमा तथा स्विट्जरल्याण्ड स्थित नेपाली राजदुताबाका द्वितीय सचिब भुवन पौडेलको प्रमुखआतित्यमा भएको कार्यक्रममा कार्यक्रममा यूरोप क्षेत्रीय संयोजक नारायण प्रसाद आचार्य, आईसीसी सदस्य दिपेश कुमार रेग्मी, एनआरएनए इटलीका सल्लाहकार हरिभक्त काराखेती , इटाली एनआरएनएका महासचिव भबेश कुमार सिंहल नेपाली समाज पिसाका अध्यक्ष बद्रि नारायण चौधरी, नेपाल मितेरी मंच मिलानका निल गुरुङ, एनआरएनए इटलीका सल्लाहकार ओमप्रकाश गुरुङ, केशब गुरुङ,एनआरएनए इटालीका उपाध्यक्ष इन्द्र प्रसाद सुबेदीले एनआरएनए इटालीले खेलेको भुभिकाको वारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम भर्चुल मार्फत भएको थियो ।