
१५ असोज २०७७, बिहिवार
पाल्पाको माथागढि गाउँपालिका वडा न १ का ३२ वर्षिय चोला वहादुर गाहालाई सहयोग गरिदिन परिवार र आपन्तहरुले सवैसंग अपिल गरेका छन । केहि दिन अगाडि देखि गाहाका मृगौलामा समस्या देखिएको थियो,थप उपचारहरु गराउदै जादा मृगौलाले काम गर्न नसक्ने भएपछि डायलोसिस गरिरहनु परेको छ । दुवै मृगौलाले काम गर्न छाड्न थालेपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अहिले समस्या परिरहेकाले परिवार र स्वय विरामि गाहाँले समेत सवैमा सहयोगको अपिल गरेका छन । विरामि गाहाँले भने “तपाईको सानो सहयोगले मेरो जीवन फेरी आउन सक्छ त्यसैले मलाई सक्दो सहयोग गरिदिनोस” । उनलाई सहयोग गर्नकोलागि एनएमवि वैकमा डोल वहादुर गाँहोको नाममा नाममा ०४६००६९३८४९०००१८ मा सिधै खातामा जम्मा गर्न सकिने छ भने अन्य वुझन परेमा विरामिको दाईको फोन न ९८४७२१९४६३ श्रीमतीको नम्वर ९८६७०१७०००,डोल वहादुर गाहाँको फोन न ९८४७५०४७०९ र गोविन्द गाहाँको फोन न ९८४७४१७८५७ मा समेत सम्पर्क गर्न सकिने छ ।