१४ असोज २०७७, बुधवार

स्वर्गीय कलाकार तथा निर्माता केसव भट्टराईको परिवारलाई ३३ लाख ३७ हजार आर्थिक सहयोग गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित एक समारोहका बिच  भट्टराईकी श्रीमती नीता भट्टराईलाई सहयोग प्रदान गरिएको छ ।

सहयोग रकम अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईलगायत देशमा बस्ने नेपाली चलचित्रकर्मीबाट संकलित भएको थियो । गतवर्षको मंसिरमा हृदयघातका कारण निधन भएका भट्टराई निधनको समय चलचित्र बिकाश बोडका अध्यक्ष समेत रहेका थिए ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा ‘केशव भट्टराई परिवार सहयोग समिति’ समेत गठन भएको थियो । सोही समितिको पहलमा संकलित रकम अहिले भट्टराइको श्रीमतीलाई प्रदान गरिएको हो ।

कार्यक्रममा राजकुमार राई, बोड अध्यक्ष दयाराम दाहाल र कलाकार नीर शाह, बशुन्धरा भुषाल लगायतले स्वर्गीय भट्टराईको सम्झना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर