१४ असोज २०७७, बुधवार

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका एक हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार बुधबार १ हजार ५५९ नयाँ संक्रमित थपिँदा कुला संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ५७ जना कोरोना संक्रमणबाट निको भएका छनत् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर २० हजार ८९१ जना सक्रिय कोरोना संक्रमित रहेको छन् । संक्रमितमध्ये २०१ को आइसियू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार मंगलबार एक हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर