१४ असोज २०७७, बुधवार

राष्ट्रियसभामा नेकपा नेता वामदेव गौतमको नियुक्ति विरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलाशमा गौतमको मुद्दा पहिलो नम्वरमा रहेको छ। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको छ।

https://amzn.to/4myfPN5

यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको अन्तरिम आदेश दिएको थियो । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको मर्मविपरीत चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा नियुक्ति गरिएको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर