१४ असोज २०७७, बुधवार

मलेसियाको केलाङ क्षेत्रमा करीव आधा दर्जन रेष्टुरण्ट,टप ग्लोभ कम्पनीमा  क्यान्टिन, क्वालालम्पुरको वुकित बिन्ताङमा रेष्टुरेण्ट ब्यावसाय गर्दे आएका मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ काठमाण्डौमा पक्राउ परेका छन ।  काठमाडौं महानगरपालिका-३ स्थित बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अबस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा उनलाई पक्राउ गरेको जनाएको छ ।
आफनै रेष्टुरेण्टमा काम गर्ने दाङका मोह्हमद रैदासलाई कोठामा ६ दिन बन्धक वनाएर फिरौती मागेको उजुरीका आधारमा काठमाण्डौमा पक्राउ गरिएको डीआईजी सहकुल थापाले वताए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान गरिने डिआइजी थापाले बताए ।

घटनाअनुसार रैदासकि श्रीमतीले दाङस्थित हिमालयन बैंकमा पैसाजम्मा गर्न थाल्दा त्यहाँका कर्मचारीहरुले सोधपुछ गर्दा उनले घटनाको वारेमा वताएपछि हिमालयन बैंकको केन्द्रीय कार्यालय हुदैे राष्ट्र बैंकसम्म कुरा पुगेको थियो । ‘राष्ट्र बैंकले ब्युरोमा खबर गरेपछि अनुसन्धान सुरू भएको हो,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक
‘लकडाउन खुलेपछि रैदासकि श्रीमती काठमाडौं आएर जाहेरी दिएपछि हामीले पीडकलाई खोज्न थालेका हौं ।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने मोह्हमद रैदास  लाई अपहरण गरी बन्धक बनाएका थिए । साथै ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा पटक पटक गरी जम्मा गरेपछि अपहरित  व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर