
१४ असोज २०७७, बुधवार
कञ्चनपुर,कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने २५ वर्षीय कमल थापा र लाल बहादुर बिष्टलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट वाँणीबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन गरिरहेको छ ।