१४ असोज २०७७, बुधवार

चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघका सचिव राघवेन्द्र वर्मा मृत अवस्थामा फेला परेका छन् ।

https://amzn.to/4myfPN5

यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको छ । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए ।

रातिसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर