१४ असोज २०७७, बुधवार

कमलामाई नगरपालिकामा यो बर्ष नेपाल रेडक्रश शाखाको प्रा विधिक सहयोगमा चार वटा झो लुंगे पुल निर्माण हुने भएको छ ।

कमलामाई नगरपालिकाको वडा नं. १ डाडी, वडा नं.२ चियाबारी स्थित ग्वाङखोला, वडा नं. ६ स्थित जनता बोर्डिङ स्कूल जाने ग्वाङखोलामा र वडा नं. ११ स्थित फिटिङ खोलामा स्टिल झोलुङगे पुल निर्माण हुने भएको जिल्ला रेडक्रस शाखाले जनाएको छ ।

जिल्ला रेडक्रश शाखा सभापति असोक श्रेष्ठका अनुसार यि ठाँउमा उक्त पुल निर्माण गर्न प्रा विधिक स्टिमेट सबै तयारी भई सकेको छ । टिविएसयु काठमाण्डौ र कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा ती पुल निर्माण हुन लागेको हो ।

कमलामाई नगरपालिकाले छनौट गरेको ठाँउमा ती पुल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । तीन बर्षभित्र पुल निर्माण गरि सक्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर