१३ असोज २०७७, मंगलवार

मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित युनिक होटलमा झगडा हुँदा एक पुरुषको मृत्यु भएको छ । असोज ११ गते राती साढे ११ बजेको समयमा मादक पदार्थ सेवन गरी होटलमा झगडा हुँदा भारत घर भई उर्लाबारी ७ मा परिवारसहित डेरा गरी बस्दै आएका ३५ वर्षिय सुशिल मल्लिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारी क्षेत्रमै बसोबास गर्दै आएका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनी सुनका गहना बनाउने कालीगढ हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका मल्लिक श्रीमती कञ्चनसहित युनिक होटलमा आइतबारराति ११ः३० बजेतिर पुगेका थिए । होटलमा विवाद गर्दै सेवनका लागि मदिरा माग्न थालेपछि होटल संचालक २६ वर्षिय गोपाल तामाङसँग झगडा परेको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि तामाङले धकेलेर लडाइदिँदा मल्लिक बेहोस भएका थिए । ठोक्किएर टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर