१३ असोज २०७७, मंगलवार

ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सञ्चालन भएको खसीकप भलिवलको उपाधी विजेता बन्दै पंखु युवा समूह केतुकेले हात पारेको छ । विजेता बन्दै पंखुले ३० हजार बराबरको खसी उपाधी जितेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मोली युवा समूह उपविजेता बन्दै मोली युवा समूहले नगद रु १२ हजार ५ सय नगद हात पारेको छ ।

गत शुक्रबारदेखी सञ्चालन भएको मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा स्तरिय भलिवल प्रतियोगितामा गाउँपालिकाका १२ टिमले सहभागिता जनाएका थिए ।

युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गराउदै क्षमता विकास गराउने र दक्ष खेलाडीको उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामकुमार राईले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर