१३ असोज २०७७, मंगलवार

भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ। मेयर रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँको चेक हस्तान्तरण गरेका हुन्।फाउण्डेसनका अध्यक्ष कट्टेलले रंगशाला निर्माण कार्यले थप गति लिने बताए। उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे। भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको सुरुआत र धान्याञ्चल महायज्ञमा गरी १२ करोड रुपैयाँ सहयोगको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर