१३ असोज २०७७, मंगलवार
हुम्लाको चंखेली गाउँपालिका एक सातादेखि केन्द्र सञ्चारविहीन भएको छ । सञ्चार सुविधा नहुँदा सेवाग्राहीका दैनिक काममा कठिनाइ भएको चंखेली गाउँपालिका अध्यक्ष दनलाल चौलागाईंले बताए । चंखेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध भएको हो । यस्तै, सर्केगाड गाउँपालिका वडा–२ मा रहेको टेलिफोन टावर ३ सातादेखि अवरुद्ध हुँदा ६ सय सय घरधुरी टेलिफोन सेवाबाट वञ्चित भएका छन ।